Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डलाई लक्षित गर्दै योगेश भट्टराईले भने - तपाईंलाई ढुक्क हुनुस्, स्वर्ग जाँदा सँगै लैजान्छौं

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादी केन्द्रले आफ्नो लगानीभन्दा धेरै लाभांश खोजेको आरोप लगाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मागेको विश्वासको मतमाथिको छलफलमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन्।

सांसद भट्टराईले संविधान संशोधनमा प्रचण्डको पनि सहयोग र सहभागिता चाहेको बताए। उनले संविधान संशोधन केमा गर्ने भन्नेबारे छलफल गर्ने बताए ।

सांसद भट्टराईले भने,‘यसमा प्रचण्डको सहयोग चाहन्छौं, सहभागिता चाहन्छौं । नर्क जाँदैजाँदैनौं, स्वर्ग जाँदा पनि सँगै लैजान्छौं। यति कुरा ढुक्क हुनुहोला । तपाईंलाई छुट्न दिँदैनौं ।’

त्यही आशयका साथ आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीले स्वर्ग गए पनि सँगै जाने, नर्क गएपनि सँगै जाने भनेको सांसद भट्टराईको दाबी छ ।

प्रचण्डले संसद्‌मा व्यक्त गरेका आक्रोश र बोलेका कतिपय विषयको जवाफ जीवनको अन्तिम समयमा पनि दिनुपर्ने उनले बताए । उनले जातीयताको नाममा आगो बाल्ने धम्की नदिन पनि प्रचण्डलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077