Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डलाई योगेशले दिए गीतमार्फत् जवाफ - झिक तुलो जोखौ आज कसको माया कति !

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई गीतमार्फत् नै जवाफ फर्काएका छन् ।

प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतमाथिको छलफलमा बोल्दै सचिव भट्टराईले प्रचण्डलाई गीतमार्फत् नै जवाफ दिएका हुन् ।

जवाफमा आज भट्टराईले उदित नारायण झा र दीपा झाले गाएको र कालीप्रसाद रिजालको शब्दमा रहेको गीतमार्फत् जवाफ फर्काए ।

उनले भने, 'कसले देला तिमीलाई माया मैले दिए जति, झिक तुलो जोखौं आज कसको माया कति..।'

यसअघि प्रचण्डले एमालेका ८ जना मन्त्रीले गत बुधबार सामूहिक राजीनामा बुझाइरहँदा प्रधानमन्त्री प्रचण्डले फत्तेमान राजभण्डारीले स्वर दिएको र यादव खरेलले रचना गरेको यो गीत सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077