Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हनी ट्रयापमा पारेर करोडौंको बार्गेनिङ गर्ने दुई जना पक्राउ

काठमाडौं । प्रहरीले हनी ट्र्यापको आरोपमा काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ब्ल्याकमेलिङ गरी करोडको बार्गेनिङ गर्ने दुई जनालाई बौद्धबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका तेन्जी डोमा छिरिङ भनिने सिर्जना तामाङ र सौरभ तामाङ भन्ने लिला बहादुर तामाङ रहेका छन् ।

पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरी अनुसन्धानका क्रममा सौरभले पीडितको फेसबुक आइडी सिर्जना तामाङको ह्वाट्स एपमा पठाई साथी बन्न लगाएको र फेसबुक मेसेन्जरबाट सिर्जनाले पीडितसँग कुरा गरी भेट्नलाई आफ्नो कोठामा बोलाएको खुलेको छ ।

यस्तै पीडित कोठामा आउन मन्जुर भएपछि सौरभले पीडितसँगको भिडियो बनाउने प्रयोजनको लागि सिर्जनालाई आफ्नो मोबाइल दिएको पनि खुलेको छ ।

त्यसपछि सौरभले दिएको मोबाइलबाट सिर्जनाले आफ्नो र पीडितको अश्लील भिडियो बनाई उक्त मोबाइल सौरभलाई फिर्ता गरेको पाइएको छ ।

त्यसपछि उक्त भिडियो सिर्जना र सौरभले पीडितलाई पठाई सुरुमा पीडितसँग १ करोडको बार्गेनिङ गरेको खुलेको छ ।

यस्तै पछि १५ लाखमा कुरा मिलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफू यसरी ठगिएपछि पीडित प्रहरीमा पुगेका थिए ।

पक्राउ परेकाहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077