Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आह्वान गरेका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गरेका हुन् । बहुमतको प्रधानमन्त्रीमा दाबी गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिइएको छ ।

यसअघि संविधानको कुन धारामा सरकार गठन गर्ने भनेर राष्ट्रपति पौडेलले संविधानविद्हरूसँग राय माग गरेका थिए ।

आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । तर, उनले विश्वासको मत भने पाउन सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077