Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

त्रिशूलीमा खसेका दुई बससहित करिब ५० जनाको अवस्था अझै अज्ञात, बिहानैदेखि खोज्न सुरु

काठमाडौं । चितवनको सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्य आज बिहानैदेखि सुरु गरिएको छ ।

दुई बस शुक्रबार फेला नपरेपछि फेरि आज बिहानैदेखि खोज्ने काम सुरु गरिएको हो । यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी शुक्रवारका लागि स्थगित भएको थियो । बिहानैबाट खोजिए पनि बेपत्ता बस साँझसम्म नभेटिएकाले स्थगित गरिएको थियो ।

बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको थियो । त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो ।

त्रिशूली नदीमा बेपत्ता भएका दुई बसमा सवार कम्तीमा ५० यात्रुको अवस्था अझै अज्ञात छ । पहिरोले बगाएका दुईमध्ये एउटा बसका तीन यात्रुले भने हाम फालेर ज्यान जोगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077