Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारमा कांग्रेसले आफ्नो भूमिका देखाउनुपर्ने शेखर समूहको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला र गगन थापा समूहले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीको भूमिका देखाउन सुक्नुपर्ने निष्कर्ष निकालेको छ।

विशालनगरस्थित नेता कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकले सरकारमा पार्टीको भूमिका देखाउन सक्ने व्यक्तिलाई मन्त्री पठाउनुपर्ने निष्कर्ष निकालेको हो।

बैठकले दुई ठूला ठूला पार्टी मिलेर सरकार बनाउनु चुनौती र अवसर दुवै भएको निष्कर्ष निकालेको छ।

जनतामा देखिएको असन्तुष्टि र निराशालाई सम्बोधन गर्दै नयाँ आशा र भरोसा निर्माण गर्ने काममा गर्नुपर्ने शेखर समूहले जनाएको छ ।

एमालेसँग मिलेर सरकारमा गएपछि पार्टीको भूमिका देखिनुपर्ने नेताहरुले बताए।

बैठकमा शेखर गगनसहित धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डे, अर्जुननरसिंह केसी, दिलेन्द्र बडू, बलबहादुर केसी, डा.मिनेन्द्र रिजाल र डा.चन्द्र भण्डारी सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077