Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सिमलताल त्रिशूली बस दुर्घटनाको स्थलगत अनुगमन गर्न चितवन पुगे आईजीपी कुँवर

काठमाडौं । गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरसहितको टोलीले त्रिशूलीमा हराइरहेको बसका खोजी तथा उद्धार कार्यस्थलको अनुगमन गरेको छ ।

राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखसहितको टोलीले आज सिमलताल पुगेर स्थलगत अनुगमन गरेको हो ।

अवलोकनमा राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टका संयोजक एवं गृह मन्त्रालय, विपद् तथा द्वन्द्ध व्यवस्थापन महाशाखाका सहसचिव भीष्मकुमार भूसाल, सहसचिव वसन्त अधिकारी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, आईजीपी कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत सहभागी थिए।

असार २८ गते भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा पहिरो खस्दा २ वटा यात्रुबाहक बस त्रिशूलीमा बेपत्ता छन् ।

शुक्रबार बिहान बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन–नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशुलीमा खसेर बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077