Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, दुईजना गम्भीर घाइते

कालीकोट । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

राष्कोट नगरपालिका-५ अन्तर्गत आरसिपिबजारको सडकमा ट्याक्टर दुर्घटना हँदा चालकको मृत्यु भएको हो।

चालकसहित अन्य दुई जना गम्भीर घाइते भई उपचारका लागि बाटोमा लैजादै गर्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा रास्कोट नगरपालिका-२ का नम सार्कीको शरिरको भित्रि भागमा चोट लागेको छ भने वडा नम्बर ५ कै प्रकाश तिरुवाको टाउकोमा चोट लागेको छ। उनीहरुको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077