Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सिमलताल दुर्घटनामा मृतकका परिवारलाई एक लाख दिने मधेशमा मुख्यमन्त्रीको घोषणा

धनुषा । मधेस प्रदेश सरकारले त्रिशूली नदीमा बस दुर्घटनामा परेका मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने घोषणा गरेको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका हुन्।

प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने उनले बताए । उनले दुर्घटनामा परी बेपत्ता भएकाहरूको खोज तथा उद्धारमा संघीय सरकारलाई आग्रह गरेको छ ।

असार २८ मा चितवनको सीमलतालमा खसेको पहिरोले दुइटा बसलाई त्रिशूली नदीमा बगाएको थियो । बसका ५६ यात्रु बेपत्ता भएका थिए । जसमध्ये १२ जनाको शव फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077