Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘टु टन' गाडी पल्टिँदा घाइते भएका ३० प्रहरीको अवस्था कस्तो छ ?

विराटनगर । विराटनगरमा प्रहरीको गाडी दुर्घटना हुँदा घाइते भएका सबैको अवस्था खतरामुक्त रहेको छ ।

मुस्लिम समुदायको मोहरम पर्वको कार्यक्रमको सुरक्षामा थप मद्धतका लागि प्रहरी लिएर विराटनगरको रानीतर्फ जाँदै गरेको गाडी साँझ ५ः४० बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको बा१ग २५५९ नम्बरको गाडी विराटनगरस्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रको हो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घाइते ३० मध्ये ५ जना गम्भीर घाइते देखिएको भएपनि सबैको अवस्था खतरामुक्त रहेका छन् ।

बुधबार साँझ मोरङ जिल्ला प्रहरीबाट इलाका प्रहरी कार्यालय रानीमा थप मद्दत माग भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोली चढेको गाडी दुर्घटनामा परेको थियो ।

घाइते भएका ३० जनामध्ये कोशी अस्पतालमा २१ जना, न्यूरो अस्पतालमा ५ जना, विराट टिचिङ अस्पतालमा २ जना र नोबेल अस्पतालमा एक जनाको उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार धेरै घाइतेहरुको डिस्चार्ज भइसकेको छ । गाडीमा ५४ जना प्रहरी सवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077