Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टोरेन्टोमाथि इन्टर मियामीको जित

काठमाडौं । इन्टर मियामीले अमेरिकन लिग सकर अन्तर्गतको खेलमा टोरेन्टो क्लबलाई हराएको छ ।

आज बिहान सम्पन्न खेलमा इन्टर मियामीले टोरेन्टोलाई ३–१ गोल अन्तरले हराएको हो । इन्टर मियामीको जितमा फेडेरिको रेडोन्डोले दुई तथा डिएगो गोमेजले एक गोल गरेका थिए ।

टोरेन्टोका डेरीक एटीएने जुनियरले एक गोल फर्काएका थिए । लियोनेल मेसी र उरुग्वेका सुपर स्टार खेलाडी लुइस सुवारेजले भने खेलेका थिएनन् ।

यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा २४ खेलमा ५० अंक भएको छ र अहिलेसम्म शीर्षस्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077