Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बंगलादेशमा हिंस्रक आन्दोलन थप चर्कियो, देशैभरी 'अलर्ट'

एजेन्सी । बंगलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलन थप चर्किदाँ कम्तीमा २५ जनाको मृत्यु भएको छ । साथै झडपमा सयौँ घाइते भएका छन् ।

विद्यालय र युनिभर्सिटी यसअघिदेखि नै अनिश्चितकालीन बन्द रहेकोमा बिहीबारदेखि राजधानी ढाकामा इन्टरनेट र फोन लाइन समेत बन्द गरिएको छ । बिहीबार मृत्यु हुनेमा ढाका टाइम्सका ३२ वर्षिय पत्रकार मेहदी हसन समेत छन् ।

हजारौँ प्रदर्शनकारीले बिहीबार साँझ सरकार नियन्त्रित बंगलादेश टेलिभिजन (बीटीभी) को ढाकास्थित कार्यालयमा समेत आगो लगाएका छन् । आगलागीपछि पत्रकार तथा कर्मचारी कार्यालय छोडेर भागेका थिए । सरकारले देशभर सुरक्षा अलर्ट जारी गरेको छ ।

बंगलादेशमा नोकरीमा आरक्षणको विरुद्धमा आन्दोलन चर्किएको हो । बंगलादेशमा सरकारी नोकरीमा देशको स्वतन्त्रताका लागि लड्ने व्यक्तिका छोराछोरीलाई आरक्षण दिने गरिएको छ ।

बुधबार प्रधानमन्त्री हसिनाले राष्ट्रका नाममा सम्बोधन गरेकी थिइन् । उनले आन्दोलनमा उत्रिएका विद्यार्थीलाई धैर्य रहन आग्रह गरेकी थिइन् । उनले अदालती प्रक्रियाबाट सबैले न्याय पाउने बताएकी थिइन् । तर उनको सम्बोधनपछि प्रदर्शन झन् देशव्यापी बनेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077