Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संसद भवन निर्माणमा कुनै सम्झौता नगर्न सभामुख घिमिरेको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद भवन निर्माणमा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन् ।

सिंहदरबारमा शहरी विकासमन्त्री प्रकाशमान सिंह, भवन निर्माण आयोजनालगायत सरोकारवाला निकायसँग छलफल गर्दै सभामुख घिमिरेले संसद भवन निर्माणमा भइरहेको ढिलाइबारे चासो व्यक्त गरेका हुन्।

उनले नयाँ संसद भवनलाई उच्च प्रविधिमैत्री बनाएर समयमा नै निर्माण सम्पन्न गर्न ध्यानाकर्षण गराए । सभामुख घिमिरेले भवन निर्माण गर्दा प्रविधिका क्षेत्रमा सम्झौता नगर्न निर्देशन दिए।

सभामुख घिमिरेले नयाँ संसद भवन निर्माणको वर्तमान अवस्थाका बारेमा जानकारी लिँदै गुणस्तरीय काममा जोड दिए ।

अहिले भइरहेको प्रगतिका आधारमा आगामी एक महिनामा हुने प्रगतिको जानकारी लिइने सभामुख घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077