Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

देशभरका अस्पताललाई स्वास्थ्यमन्त्री पौडेलको यस्तो छ ९ बुँदे परिपत्र [पूर्णपाठ]

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशभरका संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई प्रभावकारी सेवा प्रवाहका लागि ९ बुँदे परिपत्र गरेका छन् ।

पदभार ग्रहणका दिन अस्पतालहरूमा लाइन लाग्नु नपर्ने घोषणा गरेका थिए । सोही अनुसार मन्त्री पौडेलको उपस्थितिमा बिहीबार बसेको संघीय अस्पताल प्रमुखहरूको बैठकमा भएको निर्णयअनुसार उक्त परिपत्र गरिएको हो ।

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जारी गरेको पत्रमा अस्पतालमा सेवाग्राहीहरूको भीड व्यवस्थापन गरी समयमै सेवा प्रवाह गर्नका लागि निर्णय भएको हुँदा सोको यथाशीघ्र कार्यान्वयन गर्न भनिएको छ ।

सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न मन्त्रालयको निर्देशन छ।

विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ बमोजिम विस्तारित अस्पताल सेवा लागू गर्न पनि पत्रमा भनिएको छ। प्राप्त सुझावका कार्यविधि परिमार्जन गरिने जानकारी पनि मन्त्रालयले गराएको छ ।

यस्तो छ परिपत्रको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077