Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आरक्षण विरोधी आन्दोलन हिंसात्मक बनेपछि बंगलादेशमा कर्फ्यू घोषणा

एजेन्सी । बंगलादेशमा चलिरहेको आरक्षण विरोधको आन्दोलले हिंसात्मक रूप लिएपछि अवस्थालाई नियन्त्रणमा लिन देशभर कर्फ्यूको घोषणा गरिएको छ ।

शुक्रबार नरसिङदीको कारागारमा आन्दोलनकारीले आक्रमण गरी सयौं कैदीलाई निकालेपछि प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यू घोषणा गरेको हो ।

बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ ।

सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा अहिले देशव्यापी आन्दोलन चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077