Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस नेता कोइरालाले भने - मन्त्रीहरूले गलत काम गर्दा आलोचना गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मन्त्रीहरूले गलत काम गरे आलोचना गगर्नुपर्ने बताएका छन्।

बिपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा बिपी स्मृति सामुदायिक सहकारी अस्पतालले गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्री र मन्त्रीहरूले गलत काम गरे आलोचना गर्नुपर्ने बताए।

नेता कोइरालाले भने, ‘जनभावना विरोधी काम गर्ने छुट न त प्रधानमन्त्रीलाई छ, न मन्त्रीलाई छ। पार्टी सरकारमा छ भनेर गलत काम गर्दा पनि चुप बस्न हुँदैन, गलत काम गरे आलोचना गर्नुपर्छ।’

कांग्रेस र एमाले मिलेर सरकार बनाएकोले गल्ती गर्ने छुट नभएको पनि नेता कोइरालाले बताए। जनताले सुशासनको अनुभुति हुने गरी सरकारले काम गर्नुपर्ने कोइरालाको भनाइ छ।

अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077