Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिनियाँ राजदूतलाई गृहमन्त्री लेखकले भने - नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका छन् ।

गृह मन्त्रालमा नेपालका लागि चीनका राजदूत चेन सङसँगको भेटमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधैं सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने बताए।

उनले नेपालको पूर्वधार विकासलगायतका क्षेत्रमा चीन महत्त्वपूर्ण विकास साझेदार रहेको बताए।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पुर्‍याएको सहयोगको लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिए।

गृहमन्त्री लेखकले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूको विरुद्धमा प्रयोग हुन नदिने बताए।

राजदूत सोङले नेपाली भूमि प्रयोग गरेर चीनविरोधी गतिविधिहरू भइरहेको घुमाउरो पारामा गुनासो गरेपछि गृहमन्त्रीले यस्तो प्रतिवद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077