Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एआइजी र डिआइजीमा आजै बढुवाको तयारी

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको एआइजी र डिआइजी पदमा सोमबार नै बढुवाको तयारी भइरहेको छ ।

स्रोतका अनुसार गृह मन्त्रालयमा यसका लागि बैठक बसिरहेको छ ।

प्रहरीमा एआइजीको एक र डिआइजीका दुई पद रिक्त छन् ।

एआइजीमा रामदत्त जोशीको बढुवाको प्रबल सम्भावना छ । अन्य डिआइजीहरु राजेश बास्तोला, किरण राणा, भरत बोहरालगायत पनि शक्तिकेन्द्रबाट चलखेल गरिरहेका छन् ।

डिआइजीको बढुवामा भने चर्काचर्की छ । भोला रावल, धुव्र राउत, गणेश चन्द, शिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमा चतुर्वेदी, हिमालय श्रेष्ठलगायत प्रतिस्पर्धामा छन् ।

अघिल्लो आर्थिक वर्षको कार्यसम्पादन मूल्याङकअनुसार बढुवाका लागि सोमबार अन्तिम दिन भएकाले राती बढुवा गर्न लागिएको हो ।

एसएसपीमा बढुवाका लागि केही एसपीहरु दौडधुपमा लागेपनि एसएसपीमा भने बढुवा नहुने गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077