Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोशीका पूर्वमुख्यमन्त्री कार्कीले सचिवलाई कुट्ने धम्की दिएपछि...

विराटनगर। कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफूलाई कुटपिट गर्ने धम्की दिएको भन्दै एक मन्त्रालयका सचिवले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएका छन् ।

सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफुलाई पूर्वमुख्यमन्त्री कार्कीले कुटपिट गर्ने धम्की दिएको आरोप लागाएका हुन्।

सचिव भट्टराईले आफूलाई कार्कीले फोन गरेर कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको दिएको उल्लेख गर्दै निवेदन दिएका छन् ।

उनले जिल्ला प्रशासन कार्यालय मोरङ र प्रदेश प्रमुख सचिव केदारनाथ शर्मासमक्ष सुरक्षाको माग गरेका छन् ।

विराटनगरमा सञ्चालन भएको विराट गोल्ड कपको पैसा मन्त्रालयले नदिएर असहयोग गरेको भन्दै आफूलाई धम्की दिएको सचिव भट्टराईको दाबी छ ।

केदार कार्की मुख्यमन्त्री हुँदा विराटनगरमा भएको गोल्डकपका लागि दिने भनिएको रकम अर्थले सहमति नदिएपछि रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077