Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वमन्त्री महतोसँग ५ हजार घुस लिनेमाथि अनुसन्धान अघि बढिसक्यो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जसपाका सांसद तथा पूर्वमन्त्री वीरेन्द्र महतोसँग ५ हजार घुस लिनेमाथि अनुसन्धान अघि बढेको बताएका छन् ।

प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

सदनको रोष्ट्रमबाट पूर्वमन्त्री महतोले आफ्नो छोराको प्रमाणपत्र प्रमाणित गर्न बिचौलियालाई ५ हजार घुस दिनुपरेको अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिप्रति सरकार गम्भीर रहेको गृहमन्त्री लेखकले बताए। उनले व्यक्तिगत रूपमा पनि सांसद महतोसँग आफूले कुरा गरिसकेको बताए।

गृहमन्त्री लेखकले भने,‘व्यक्तिगत रूपमा पनि मैले उहाँलाई सोधेर त्यो मान्छे चिनाउन सहयोग गर्न आग्रह गरेको छु।प्रहरीलाई उक्त घटनाको तत्काल छानबिन गर्न आवश्यक निर्देशन दिइसकिएको छ र यो विषय सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको छ ।’

यो विषयमा कांग्रेसका राजेन्द्र केसीले गृहमन्त्री र शिक्षामन्त्रीले सांसदहरूले घुस दिएर आएको भन्ने कुरालाई नजरअन्दाज गर्न नहुने उनको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077