Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस नेता कोइरालाले भने - राजनीतिक स्थायीत्वका लागि संविधान संशोधन आवश्यक छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक स्थायीत्वका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन्।

संविधान संशोधन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक विचार गोष्ठी बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले अहिलेको निर्वाचन प्रणालीका कारण मुलुकमा राजनीतिक स्थायीत्व हुन नसकेको भन्दै राजनीतिक स्थायीत्वका लागि पनि संविधान संशोधन गर्न आवश्यक रहेको बताए।

उनले संविधानलाई १० वर्षमा पुनरावलोकन गर्नुपर्ने संवैधानिक व्यवस्था नै रहेका कारण अब कांग्रेस र एमालेले देशको आवश्यकताका आधारमा संविधान सुधारको काम गर्ने धारणा राखे।

समावेशी समानुपातिकलाई आघात नपुग्ने गरी निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा दुईमत नरहेको नेता कोइरालाको भनाइ छ ।

नेता कोइरालाले अहिले दुई ठूला दल मिल्दा निरंकुशता जन्मने डर पनि रहेकाले सञ्चारमाध्यमले अग्रणी भूमिका खेल्नुपर्ने र गलत काम हुनबाट रोक्न खवरदारी गर्नुपर्ने बताए।

उनले आफूहरु सत्तामा रहेपनि सरकारको गलत कामलाई गलत र सहि कामलाई सहि भन्ने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077