Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सौर्य एयरलाइन्स दुर्घटना : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पौने १ बजेसम्मका लागि बन्द गरिुएको छ ।

आज ११ बजेर ११ मिनेटमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि उडान र अवतरण बन्द भएको हो ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेपछि १२:४५ सम्मका लागि उडान र अवतरण बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने र अवतरण गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्।

जसका कारण मलेसियाको क्वालालुम्पुरबाट आएको मलेसिया एयरलाइन्सको जहाज डाइभर्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077