Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

निर्यात प्रवर्द्धन गर्न नीतिगत समस्या हटाउँछौं : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडलले नेपालमा उत्पादित वस्तुहरुको निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्ने बताएका छन् ।

निर्यात व्यवसायी महासंघ नेपालका प्रतिनिधिसँग भएको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले निर्यात प्रवर्दन गर्न सरकारले नीतिगत र व्यवहारिक रुपमा देखा परेका समस्याहरुलाई हटाउने बताए ।

समस्यालाई प्राथमिकीकरण गर्न व्यवसायीलाई आग्रह गर्दै उनले प्राथमिकीकरणको आधारमा समाधानका उपाय खोज्नेसमेत बताए।

अर्थमन्त्रीसँग भेटको क्रममा निर्यात व्यवसायी महासंघले नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणको गुरुयोजनाका लागि बजेटको व्यवस्था गर्नुपर्ने माग गरे ।

उनीहरुले नेपालमा अन्तर्राष्ट्रिय निर्यात एक्स्पो आयोजना गर्न, निर्यात प्रवर्दन तथा वस्तु विकास गर्न अधिकार सम्पन्न बोर्डको स्थापना गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077