Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१०८औँ विमान दुर्घटना : ९६९ जनाको मृत्यु

काठमाडौँ । नेपालको हवाई उड्डयन इतिहासमा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनासहित हवाई दुर्घटनाको सङ्ख्या १०८ पुगेको छ ।

विसं २०१२ वैशाखमा पहिलो पटक सिमरामा भारतको कलिङ्गा एयर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिकतर्फको व्यावसायिक उडानमा बुधबार भएको दुर्घटनासहित ९६९ जनाले ज्यान गुमाइसकेका छन् ।

प्राधिकरणको तथ्याङ्क अनुसार मानवीय क्षति भएको जहाज दुर्घटनामा हालसम्म बाँच्न सफलमध्ये मनीषरत्न शाक्य मात्रै एक पाइलट हुन् ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्राधिकरणको तथ्याङ्कमा हालसम्म मानवीय क्षति भएको दुर्घटनामा कुनै पनि पाइलट बाँच्न सफल भएको रेकर्ड छैन । यसबाट नेपाली आकाशमा उडान भर्ने चालक दल पनि सशङ्कित हुँदै आएका छन् । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077