Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बहस भएजस्तो तुरुन्तै संविधान संशोधन भैहाल्ने अवस्था छैन : सभामुख घिमिरे

हेटौंडा । सभामुख देवराज घिमिरेले बहस भएजस्तो तुरुन्तै संविधान संशोधन भैहाल्ने अवस्था नरहेको बताएका छन् ।

हेटौंडामा युवा सीप वर्ष २०८१ अन्तर्गत सञ्चालित निःशुल्क सीप विकास तालिमहरूको प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

सभामुख घिमिरेले संघीयताले आर्थिक भार बढाको भन्दै नकारात्मक टिकाटिप्णी भएकोले संविधान संशोधनको बहस चलेको बताए।

सभामुख घिमिरेले संघीयताविरूद्ध आवाज उठिरहेकाले संविधान संशोधनको बहस चलेको हुन सक्ने आफुलाई लागेको बताए ।

युवा जनशक्तिलाई देशले सहि तरिकाले प्रयोग गर्न सके देशको समग्र विकासमा सकारात्मक प्रभाव पर्न सक्ने सभामुख घिमिरेले बताए।

युवाको उर्जालाई राज्यले सहि ठाउँमा उपयोग गर्नुपर्ने सभामुख घिमिरेको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077