Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ग्वार्कोको गेस्ट हाउसमा अचेत फेला परेकी युवतीको उपचारको क्रममा मृत्यु

काठमाडौं । ललितपुरको एक गेस्ट हाउसमा अचेतावस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ।

ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा अचेत अवस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको हो।

उनी ललितपुर महानगरपालिका-७ ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा अचेत अवस्थामा फेला परेकी थिइन्।

उनी गोदावरी नगरपालिका-८ डुकुछाप घर भई हाल सातदोबाटो बस्दै आएका एक युवकसँग बुधबार गेस्ट हाउसमा आएकी थिइन्।

बिहानको समयमा युवती बेहोस भएपछि उपचारका लागि बी एण्ड बी अस्पतालमा लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077