Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी सिर्जना हुन्छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गुणस्तरीय स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको सहकार्यमा अघि बढिने बताएका छन्।

वीर अस्पतालको १३५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले स्वास्थ्य क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीर रहेको भन्दै सबैको सहकार्यमा अघि बढिने बताए।

उनले स्वास्थ्य संस्थाको विकासका लागि आफूले निर्देशन दिने नभई सहकार्य गर्न खोजेको जिकिर गरे।

स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी सिर्जना गर्ने र राज्यको स्रोतले भ्याएसम्म सेवा सुविधा विस्तार गर्ने स्वास्थ्यमन्त्री पौडेलको भनाइ छ।

स्वास्थ्यमन्त्री पौडेलले मन्त्री, कर्मचारी वा विभिन्न पदमा पुगेकाहरूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने भन्दै जनताका विषयमा कुनै सम्झौता गर्न नहुने धारणा राखे।

न्याम्स र वीर अस्पतालमा कुनै विवाद हुन नहुने भन्दै दुवैलाई सहज रूपमा अघि बढाउने गरी मन्त्रालयले सहजीकरण गर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077