Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गोरखा पहिरो : तीनजना बेपत्ता, दुईको घाइते अवस्थामा उद्धार

गोरखा । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर–५ मा पहिरो जाँदा तीनजना बेपत्ता भएका छन् ।

पहिरोमा पुरिएका पाँचमध्ये दुई जनाको उद्धार गरिएको हो । उनीहरु घाइते अवस्थामा भेटिएको गोरखा प्रहरीले जनाएको छ ।

पहिरो गएको ठाउँ विकट भएकाले उद्धारका लागि जान समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आज बिहान ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङ्गको घर पुरिएको थियो । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077