Jul 10 2026 | २०८३, आषाढ २६ गते

10 Jul 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शुक्रवार, आषाढ २६ गते २०८३
images
images

एक वर्षमा ५२० जना राष्ट्रसेवकमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । राष्ट्रसेवकको दर्जामा रहेका निजामती कर्मचारीहरूमा भ्रष्ट प्रवृत्ति रोकिन सकेको छैन। सुशासन दिने, देश र जनताको काम इमान्दारितापूर्वक गर्ने शपथ खाएका राष्ट्रसेवकहरू धमाधम भ्रष्टाचार काण्डमा मुछिने क्रम बढेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८०र८१ मा मात्रै विभिन्न दर्जा र सेवा समूहका गरी ५ सय २० जना कर्मचारीले भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आम कर्मचारीले नारा र बोलीमा सुशासनका मीठामीठा गफ हाँक्ने भए पनि व्यवहारमा भने उल्टो गर्दै भ्रष्टाचारमा लिप्त हुने क्रम घट्नुको साटो बढेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी देवीप्रसाद थपलियाका अनुसार विगत एक वर्षमा विभिन्न भ्रष्टाचार प्रकरणमा सहभागी भएका ५ सय २० जना कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

जसमा सबैभन्दा बढी शाखाअधिकृत तहका १ सय ६७ जना रहेका छन्। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077