Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । भक्तपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मध्यपुर थिमी नगरपालिका–४ स्थित नयाँ थिमीमा बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिप्परको ठक्करबाट घाइते भएका सुवास तामाङको मृत्यु भएको हो ।

आइतबार बिहान १ बजेर २० मिनेटमा काठमाडौंबाट भक्तपुर जाँदै गरेको बा।४ ख २९०१ नम्बरको मोटरसाइकललाई टिप्परले ठक्कर दिएको थियो ।

मृतक काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ का स्थानीय हुन् ।

भक्तपुर तर्फ जाँदै गरेको टिप्परले ठक्कर दिएपछि गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

मोटरसाइकल पछाडि सवार काभ्रेको महाकाल गाउँपालिका घर भएका सञ्जीव थापा मगरको उपचार हुँदैछ ।

टिप्पर चालक २८ वर्षीय राज कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । राई काभ्रेको मण्डन देउपुर गाउँपालिका–६ मा बस्छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077