Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विद्युत् आयातलाई निर्यातले जित्यो

काठमाडौँ । नेपालले भारतबाट किनेकोभन्दा बेचेको विद्युत्को मात्रा र रकम बढी भएको छ । नेपालले भारतीय बजारमा विद्युत् निर्यात थालेको तीन वर्षमा पहिलो पटक आयातभन्दा निर्यात बढी भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरण अनुसार यसरी गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल खुद निर्यात गर्ने मुलुक बनेको छ ।

२०८० साउनदेखि २०८१ असारसम्म एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारततर्फ निर्यात भएको छ । त्यसबाट १६ अर्ब ९३ करोड २६ लाख रुपियाँ आम्दानी भएको छ ।

सोही अवधिमा १६ अर्ब ८१ करोड तीन लाख रुपियाँको विद्युत् आयात भएको छ । यस अनुसार नेपालले आयातभन्दा १२ करोड २३ लाख रुपियाँ बढीको बिजुली बेचेको छ ।

सुक्खा याममा खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गत आवमा भारतबाट एक अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको हो ।

आँकडा अनुसार नेपाल विद्युत् प्राधिकरणले एक वर्षमै भारतमा छ अर्ब ३५ करोड रुपियाँको विद्युत् निर्यात बढाएको छ भने आयात दुई अर्ब ६३ करोड ३७ लाख रुपियाँ घटाएको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077