Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री लेखक र आईजीपी कुँवरसँग छलफल गर्दै सहकारी सम्बन्धी विशेष समिति

काठमाडौं । सहकारीको बचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गृहमन्त्री रमेश लेखकसहित गृहसचिव र प्रहरी प्रमुखसँग छलफल गरिएको छ।

समितिको सोमबार बिहान बसेको बैठकमा गृहमन्त्री लेखकसहित गृहसचिव एकनारायण अर्याल, आइजीपी बसन्तबहादुर कुँवरसँग छलफल गरिएको हो।

विशेष समितिले सहकारी बचत रकम दुरूपयोग सम्बन्धी छानबिन गर्न विभिन्न निकायका पदाधिकारीसँग छलफल गर्दै आएको छ।

यसअघि आइतबार बसेको बैठकले विभिन्न राजनीतिक दलहरूसँग सुझाव लिएको थियो । तीन महिनाको समय पाएर गठन भएको संसदीय समितिले सरोकारवालासँगको छलफल अन्तिम चरणमा पुर्‍याएको छ ।

गोरखा मिडियामा लगानी गरेका सूर्यदर्शन, सुप्रिमलगायत सहकारीको अवस्था बुझ्न र पीडितको कुरा सुन्न समितिका सदस्यहरू पोखरा र बुटवल जाने तयारी छ।

एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा गठित समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077