Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

धरौटी बुझाउन नसकेपछि बमजनलाई थुनामै पठाइयो

काठमाडौं । आफूलाई तपस्वी बताउने रामबहादुर बमजन व्यक्ति बेपत्ता मुद्दामा तीन लाख रुपैयाँ धरौटी नबुझाएपछि थुनामा पुगेका छन् ।

सिन्धुपाल्चोक जिल्ला अदालतमा न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले उनीसँग तीन लाख रुपैयाँ धरौटी माग गरेको थियो । तर धरौटी बुझाउन नसकेपछि उनलाई थुनामै पठाइएको हो ।

बमजनलाई सर्लाहीबाट सिन्धुपाल्चोक अदालतमा उपस्थित गराइएको थियो ।

बमजनमाथि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका बाडेगाउँ आश्रमबाट एक महिला बेपत्ता पारेको अभियोग लागेको थियो ।

यसअघि असार १७ गते सर्लाही जिल्ला अदालतले बाल यौन दुराचार मुद्दामा उनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति भराउने फैसला अनुसार उनी जेलमै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077