Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कांग्रेस सांसद खतिवडाले भने - चिनियाँ राजदूतले अमर्यादित अभिव्यक्ति दिए

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालका लागि चिनियाँ राजदूत छन् सोङले कूटनीतिक मर्यादाविपरीतका अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।

चितवनको सिमलतालबाट त्रिशुलीमा खसेर हराएका दुईवटा बस खोजीलाई लिएर चिनियाँ राजदूतले सामाजिक सञ्जाल एक्समा स्टाटस लेखेका थिए ।

सांसद खतिवडाले प्रतिनिधिसभा बैठकमा चिनियाँ राजदूतको नाम नलिई छिमेकी मित्रराष्ट्रका राजदूतले कुटनीतिक मर्यादा र आचारसंहिता विपरीत अभिव्यक्ति दिएको बताएका हुन् ।

सांसद खतिवडाले भने,‘छिमेकी मित्रराष्ट्रका राजदूतले, आचारसंहिताविपरीत अभिव्यक्ति दिइरहेका छन् । बस नखोज, चुम्बक खोज भनेर टिप्पणी गरेका छन् । मानवीय संवेदनशीलता ख्याल गरेर बोलौँ, मर्यादाविपरीत अभिव्यक्ति दिनेलाई परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोधोस् ।’

कूटनीतिक मर्यादाविपरीतका अभिव्यक्ति दिने राजदूतलाई परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोध्नु पर्ने उनले बताए ।

भारतीय विज्ञले ल्याएको चुम्बक हराएको सम्बन्धमा चिनियाँ राजदूतले विभिन्न टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077