Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्राध्यापक विष्टको हत्यामा संलग्न खड्का १७ वर्षपछि परे पक्राउ

काठमाडौं। नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न थप एक जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले रन्जन खड्कालाई कोटेश्वरबाट पक्राउ गरेको हो।

२०६४ असार २६ मा ललितपुरको शंखमूलमा विष्टलाई कुटपिट भएको थियो। कुटपिटबाट घाइते भएका विष्टको उपचारको क्रममा मृत्यु भएको थियो।

तत्कालीन समयमा विष्टले एक युवतीलाई मन पराएको विषयलाई लिएर युवाहरूले कुटपिट गरेका थिए।

कुटपिटमा खड्का, राजीव पाण्डे र विनोद थापा संलग्न रहेको प्रहरीले जनाएको छ। पाण्डे र थापा भने हाल धरौटीमा छुटिसकेका छन् ।

रन्जन लामो समयदेखि भारतमा लुकेर बस्दै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077