Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बैंक र ई-सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । बैंक तथा ई-सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट माधवनारायण नगरपालिका-२ घर भई काठमाडौं कोटेश्वर बस्ने २१ वर्षीय शूभम साह र गौर नगरपालिका-३ घर भई कोटेश्वर बस्ने २३ वर्षीय सत्यमकुमार सहनी छन्।

उनीहरुले फेसबुक, ह्वाट्सएप, इमो, भाइबर जस्ता एपको प्रयोग गरी वालेट लगायत विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक तथा इवालेटको खातामा पहुँच पुर्‍याएर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध २२ जना पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका छन्।

उनीहरूले आफूहरू इ-वालेट तथा बैंकका कर्मचारी हौं भनेर पीडितबाट ओटिपी समेत मागेर मोबाइल बैंकिङमा पहुँच पुर्‍याएका थिए।

उनीहरूले फेसबुकको मार्केट प्लेसमा सामान बिक्री गर्ने भनी आकर्षक तस्बिरहरू राखेर समेत ठगेको खुलेको छ।

अनलाइनमार्फत नै रकम माग गरी सामान उपलब्ध नगराइ पीडितलाई ब्लक गर्ने गरेको पनि अनुसन्धानमा देखिएको छ।

उनीहरूसँग १३ जनाको इ-सेवा वालेट युजर आइडी र पासवर्ड समेत प्रहरीले फेला पारेको छ। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077