Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सहकारी ठगीमा एमाले नेता उप्रेती जेल चलान

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका एमाले नेता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष कृष्ण प्रसाद (केबी) उप्रेती जेल चलान भएका छन् ।

जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उप्रेतीलाई काठमाडौं प्रहरीले गत १९ असारमा पक्राउ गरेको थियो ।

आइडियल यमुना हाम्रो सहकारी संस्थाको करिब पाँच अर्ब ठगीको अभियोग उनीमाथि छ । जसमा चार वटा फरक फरक मुद्दा उप्रेतीमाथि दायर भएको थियो ।

सो मुद्दामा अरु कसैलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । अन्यलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

प्रहरीले मनोज कुमार थापा, कुयाङ दोर्जे लामा, प्रजुल कुमार गुरुङ,प्रकाशमानसिंह शाही खड्गी, श्रवण कुमार राई, हस्त रावत, गोपीनाथ घिमिरे, कुमारसिंह घिसिङ, बद्री महत, रामप्रसाद श्रेष्ठ, महित कुमार तामाङ, मोहन कुमार लामा, रुपबहादुर योञ्जन, बेली लामा, सीता लामा गोले, रामकृष्ण लामा लगायतलाई प्रतिवादी बनाएको छ ।

जेल चलान भएका उप्रेती एमालेका नेता समेत हुन् । उनी एमालेको सहभारी विभागका सचिव छन् ।

सहकारी बैंकमा विगत दुई दशकदेखि उनकै रजगज चल्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077