Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

टीआरसीमा सहमति जुटेपछि जनार्दन शर्माले भने - नेपालको शान्ति प्रक्रिया विश्वमा स्थापित हुनेछ

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालको शान्ति प्रक्रिया विश्वव्यापीरुपमा स्थापित हुने बताएका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति भएपछि बोल्दै उपमहासचिव शर्माले यस्तो बताएका हुन्।

उपमहासचिव शर्माले नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गरे ।

सामाजिक सञ्जालमार्फत उपमहासचिव शर्माले भनेका छन्,'टिआरसी विधेयक संशोधनको लागि सहमति जुट्न नसकिरहेको सन्दर्भमा माननीय गृहमन्त्री रमेश लेखक, माननीय महेश बर्तौला र म समेतलाई दिएको जिम्मेवारी, सरोकारवाला सबै पक्ष र विज्ञहरूको सल्लाह, सुझाव र सहयोग समेत लिई संशोधन गर्न सहमति हुन नसकेका सबै विषयहरू टुङ्गोमा पुर्याउन, समिति लागि सहजीकरण गर्न सफल भएका छौँ। '

उनले नेपालको शान्ति प्रक्रियाको बाँकी कार्यभार छिटो पूरा भई नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने बताए।

प्रमुख तीन दलबीच टीआरसीमा सहमति भएपछि कार्यदलको सदस्य समेत रहेका शर्माले बृहत् शान्ति सम्झौता भएको १७ वर्ष ८ महिना ११ दिनको अवधिमा संविधान निर्माण, सेना समायोजन लगायतका कामहरू सम्पन्न भइसकेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077