Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लुम्बिनी प्रदेशका ८ विनाविभागीय मन्त्रीहरूले पाए जिम्मेवारी

बुटवल। लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीहरूले जिम्मेवारी पाएका छन्।

बिनाविभागीय मन्त्री नियुक्त भएको १० दिनपछि उनीहरुले जिम्मेवारी पाएका हुन्।

शुक्रबार प्रदेश प्रमुख कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको कार्यविभाजन भएको विज्ञप्तिमार्फत जनाएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले गत साउन ९ गते नेकपा एमालेबाट ४ र नेपाली कांग्रेसबाट ४ थरी ८ जना मन्त्री नियुक्त गरेका थिए।

आर्थिक मामिला तथा योजना मन्त्रीमा गुल्मीका धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्रीमा प्युठानका सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मीले जिम्मेवारी पाएका छन् ।

त्यस्तै उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा दाङका प्रचण्डविक्रम न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077