Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

सेयर बजारमा अवाञ्छित गतिविधि हुन दिन्न : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले शेयरमा लगानी गर्दा कम्पनीको विश्लेषण गर्न आग्रह गरेका छन् ।

सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।

अर्थमन्त्री पौडेलले शेयर बजारमा लगानी गर्दा कम्पनीको वित्तीय अवस्था विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने बताए ।

अर्थमन्त्री पौडेलले शेयर बजारमा लगानी गर्नुपूर्व सम्बन्धित कम्पनीको बारेमा बुझेर मात्र लगानी गर्न आग्रह गरे ।

उनले सेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताए।

अर्थमन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको भन्दै यसलाई प्रभाव पार्ने कुनै अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिइएको बताए।

उनले सेयर किनबेचमा आएको समस्यालाई समेत अध्ययन गर्न निर्देशन दिएको बताए। उनले बजेट कार्यान्वयन गर्दा सुरु भएका र प्रतिफल दिने योजनमा बजेट विनियोजन हुनुपर्नेमा जोड दिए।

अर्थमन्त्री पौडेलले मुलुकको आवश्यकताका आधारमा विदेशी सहायता लिनुपर्ने र यसको कार्यान्वयनमा समेत ध्यान दिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077