Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पहिरोले घर पुरेपछि नातिनी र हजुरआमा बेपत्ता, खोजी कार्य जारी

रोल्पा । रोल्पामा अविरल वर्षाका कारण पहिरोले घर पुरिएको छ ।

शुक्रबार राति सुनछहरी गाउँपालिका – ४ कामी डाँडामा पहिरो जाँदा २४ वर्षीय देउसिंह कामीको घर पहिरोले पुरिएको हो।

पहिरोले घरसँगै दुई जनालाई पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । स्थानीयका अनुसार घरमा देउसिंहकी आमा र उनका ४ वर्षीया छोरी रहेका थिए ।

वर्षा नरोकिएको र पहिरो झर्ने क्रम जारी रहेको हुँदा उद्धारमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077