Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा महामन्त्री राणाले भने - राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शमशेर राणाले राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्ने बताएका छन् ।

कीर्तिपुर नगर तहको सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री राणाले यस्तो बताएका हुन् ।

उनले राजासहितको हिन्दु राष्ट्र राप्रपाको मूल एजेन्डा भएको बताए।

महामन्त्री राणाले भने,‘राजासहितको हिन्दु राष्ट्र राप्रपाको मूल एजेन्डा हो, जनताको बल र समर्थनमा यो लक्ष्य हामी प्राप्त गर्छौँ । मूल लक्ष्य प्राप्त नगरेसम्म हामी विश्राम गर्ने छैनौँ।’

विगत आन्दोलनको अनुभवका आधारमा यस पटक राप्रपा पूर्ण तयारीका साथ सडकमा उत्रने महामन्त्री राणाले बताए ।

सशक्त र प्रभावकारी आन्दोलनका लागि सानोभन्दा सानो विषय सम्बोधन गर्दै राप्रपा तयारीमा जुटेको उनले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077