Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महसुल नतिर्दा लाइन काटेको भन्दै विद्युत् प्राधिकरणका कर्मचारीमाथि कुटपिट

सङ्खुवासभा । नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुई जना कर्मचारीमाथि कुटपिट भएको छ ।

विद्युत् महसुल नतिरेपछि लाइन काटिएको र लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको हो । इञ्चार्ज राजकुमार राई र प्रदीप जिमीमाथि यही साउन १५ गते कुटपिट भएको थियो ।

कुटपिट गरेको आरोपमा मादी नगरपालिका–४ ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बू विरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा मुद्दा दर्ता भएको छ ।

विद्युत् महसुल नतिरेर लाइन काटिएको विषयमा विवाद हुँदा राई र जिमीमाथि गाली गलौज, हातपात तथा कुटपिट भएको थियो ।

स्थानीय लिङ्थेपको क्रशर उद्योगले छ लाख ४० बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काटेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077