Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बंगलादेशमा सरकार विरोधी प्रदर्शन : मृतकको संख्या ९० नाघ्यो, १३ प्रहरी पनि मारिए

काठमाडौं । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै बंगलादेशमा पुनः चर्किएको आन्दोलनमा कम्तीमा ९० जनाको मृत्यु भएको छ । मारिनेमा १३ जना प्रहरी समेत रहेको बताइएको छ ।

सिराजगञ्जको एक प्रहरी चौकीमा भएको आक्रमणमा उनीहरू मारिएको बंगलादेश प्रहरी मुख्यालयले जनाएको छ । आक्रमण कसले गरेको थियो भन्नेबारे प्रहरीले खुलाएको छैन । यस्तै लाठी, चक्कु र बन्दुक प्रयोग भएको झडपमा झण्डै दुई सय जना घाइते भएको बताइएको छ ।

स्थिती नियन्त्रणमा लिन सरकारले आइतबार साँझ ६ बजेबाट अनिश्चितकालीन कर्फ्यू लगाएको छ। गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरेर कर्फ्यू घोषणा गरेको हो।

यसअघि सरकारी जागिरमा आरक्षण प्रणालीविरुद्धको विद्यार्थी प्रदर्शन हिंसात्मक हुँदा दुई सयभन्दा धेरैको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077