Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रियसभा अध्यक्ष दाहाल र अस्ट्रेलियन राजदूत वोल्कबीच भेटवार्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी वोल्कबीच भेटवार्ता भएको छ।

नेपालका लागि अस्ट्रेलियनको राजदूतका रूपमा साढे तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेकी वोल्कले अध्यक्ष दाहालसँग बिदाइ भेट गरेकी हुन्।

बिदाइ भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल र अस्ट्रेलियनको द्विपक्षीय सम्बन्ध थप मजबुत र प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै राजदूत वोल्कको प्रशंसा गरे।

नेपाल र अस्ट्रेलियनबिच कूटनीतिक सम्बन्ध मात्रै नभई जनस्तरमा पनि राम्रो सम्बन्ध रहेको चर्चा गर्दै अध्यक्ष दाहालले जनस्तरको सम्बन्धले दुई देशलाई सामाजिक, सांस्कृतिक तथा भावनात्मक रूपमा पनि नजिक बनाउने बताए।

राजनीतिक सङ्घर्ष र जनआन्दोलनको बलमा नेपालमा सङ्घीय गणतन्त्रात्मक शासन, समावेशी लोकतन्त्र स्थापना भएको चर्चा गर्नुहुँदै अध्यक्ष दाहालले नेपालको सामाजिक, सांस्कृतिक परिवर्तन र जागरणमा अन्तर्राष्ट्रिय समुदायको सकारात्मक र महत्त्वपूर्ण सहयोग रहेको बताए ।

लामो समयदेखि टुङ्गोमा पुग्न नसकेको सङ्क्रमणकालीन न्यायको विषयमा राजनीतिक दलहरूबिच सहमति भएको थाहा पाउँदा आफूलाई निकै खुसी लागेको राजदूत वोल्कले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077