Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बंगलादेशमा रहेका नेपालीलाई सुरक्षित रहन दूतावासको आग्रह

काठमाडौं । नेपाली दूतावासले बंगलादेशमा रहेका सम्पूर्ण नेपालीलाई आफू बसेको स्थानमा सुरक्षित रहन आग्रह गरेको छ ।

बंगलादेशको राजधानी ढाकास्थित नेपाली दूतावासले सोमबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

बंगलादेशमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ ।

दूतावासबाट जारी सूचनामा भनिएको छ,'हिंसात्मक प्रदर्शन भइरहेको सन्दर्भमा बङ्गलादेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ। नेपाल फर्किन चाहने विद्यार्थी तथा नेपालीले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।'

उक्त सूचनामा बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किसकेको, बाँकी करिब ४ सय विद्यार्थीसहित सम्पूर्ण नेपाली सुरक्षित रहेको र उनीहरू दूतावाससँगको नियमित सम्पर्कमा रहेको उल्लेख छ ।

बङ्गलादेशमा कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रदर्शन भइरहेको छ । साथै सरकारले अनिश्चितकालीन कर्फ्यु आदेश जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077