Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बंगलादेशमा अन्तरिम सरकार बनाउने सेना प्रमुखको घोषणा

एजेन्सी । बंगलादेशमा राजनीतिक संकट उत्पन्न भएसँगे बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।

सेनाका प्रमुख वाकेर-उज-जमनले देशबासीका नाममा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ ।

लगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुखले हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।

उनले अन्तरिम सरकार बनाउनका लागि अहिले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल भइरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077