Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

कर्णाली मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्।

आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई नेपाली कांग्रेस र एमालेका सांसदहरुले विश्वासको मत दिएका हुन्।

प्रदेश सभा बैठकमा ३७ जना सांसद उपस्थित थिए। मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा २३ जनाले मतदान गरेका छन्।

प्रस्तावको विपक्षमा १४ जनाले मतदान गरेका छन्। २०८० चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका कँडेलले वैशाख १४ गते पहिलो पटक विश्वासको मत लिएका थिए।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077