Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हसिना भागेको भोलिपल्टै रिहा भइन् खालिदा जिया

एजेन्सी । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)की अध्यक्ष बेगम खालिदा जिया रिहा भएकी छन्।

राष्ट्रपति मोहम्मद शहाबुद्धिनले रिहा गर्न दिएको निर्देशनअनुसार मंगलबार औपचारिक राजपत्रमा रिहाको सूचना जारी गरिएको हो।

राष्ट्रिय सम्बोधन गर्दै राष्ट्रपति मोहम्मद सहबुद्दीनले खालिदा जियालाई रिहा गर्ने घोषणा गरेका थिए।

राष्ट्रपति सहबुद्दीनले पछिल्लो आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्न पनि निर्देशन दिएका थिए ।

जिया सन् २०१८ देखि जेलमा थिइन् । प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारले पूर्वाग्रहका आधारमा उनलाई जेलमा पुर्‍याएको आरोप लाग्दै आएको थियो ।

हसिना नै आन्दोलनका कारण देश छोडेर भागेपछि जिया रिहाई भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077