Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज र भोली ३४ जिल्लामा रात्रि बस नचलाउन आग्रह

काठमाडौं । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी पहिरोको जोखिम रहेको जिल्लामा रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।

प्राधिकरणले रातको समयमा बाढी पहिरोको आकलन गर्न कठिन हुने भन्दै आज र भोली रात्रिकालीन बस नचलाउन आग्रह गरेको हो ।

भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै प्राधिकरणले उच्च सतर्कताका लागि सूचना जारी गरेको छ ।

भारी वर्षाको समयमा जरुरी काम बाहेक यात्रा नगर्न, नदी किनाराका बासिन्दा चनाखो रहन र समस्या परे सुरक्षा निकायमा तुरुन्त खबर गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

अति भारी वर्षाबाट ३४ जिल्ला उच्च जोखिममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाढीको समयमा दाउरा निकाल्न तथा माछा मार्नको लागि नदीमा नजान पनि प्राधिकरणले आग्रह गरेको छ ।

विभागले ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, सिन्धुपाल्चोक, चितवन, दोलखा, धादिङ, नुवाकोटलाई उच्च जोखमको सूचीमा राखेको छ ।

त्यस्तै म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासी, लमजुङ र गोखरामा पनि उच्च जोखममा रहेको विभागले जनाएको छ ।

कपिलवुस्त, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची, रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी उच्च जोखिममा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077